अपराध सुरक्षा

सामाजिक सञ्जालबाट एक महिनामा ८० लाख ठगी

सचेत हुन प्रहरीको अपिल

सामाजिक सञ्जालबाट एक महिनामा ८० लाख ठगी



काठमाडौँ । फेसबुक, भाइवर, इमो, ह्वाट्स एपलगायतका सामाजिक सञ्जालमार्फत एक महिनामा ८० लाख ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा तारा ग्याजेट नामक पेज बनाएर सस्तो मूल्यमा विदेशी महँगा ब्रान्डका ल्यापटप, मोबाइल घडी क्यामेरा लगायतका सामग्री ल्याइदिने भन्दै एक महिनाभित्र ८० लाख रुपैयाँ ठगी गर्ने ३ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

 

प्रहरीले सामाजिक सञ्जालमार्फत ठगीको श्रृङखला बढेको भन्दै सजग हुन अपिल पनि गरेको छ । 

 

पक्राउ पर्नेमा ठगी गर्ने तारा ग्याजेट पेजका सञ्चालक भारतका आकिव जावेद, महोत्तरीको सोनमा गाउँपालिकाका एमडी सगिर शेख र महोत्तरीको गौशलाका यमदादुल मोमिन रहेकाे प्रहरीले जनाएकाे छ ।