राजनीति

अहिलेसम्म पार्टी एकताको काम नटुंगिनु गम्भीर विषय हो : प्रचण्ड

अहिलेसम्म पार्टी एकताको काम नटुंगिनु गम्भीर विषय हो : प्रचण्ड


ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसित आज साँझ भेटवार्ता गरेर पार्टी एकताका बाँकी काम टुंग्याउने जानकारी दिनुभएको छ । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसेर संगठनात्मक एकताको काम त्यसपछि पूरा गरिने उहाँले बताउनुभयो ।

 

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा दाहालले भन्नुभयो –‘अहिलेसम्म पार्टी एकताको काम नटुंगिनु गम्भीर विषय हो ।’

 

पार्टी आत्मकेन्द्रित, अहंकार, गुटबन्दीमा रमाइरहने हो भने जनताले सबक सिकाउने उहाँको भनाइ थियो । प्रतिबद्धताअनुरूप काम नगरे जनताले कसरी गिराउँछन् भन्ने कुरा पूर्वी युरोप र सोभियत युनियनको पतनबाट स्पष्ट भएको उहाँले बताउनुभयो ।