अपराध सुरक्षा

नेटवर्किङ व्यवसायबाट ठगी गर्ने ११ जना पक्राउ

नेटवर्किङ व्यवसायबाट ठगी गर्ने ११ जना पक्राउ


कपिलवस्तु । नेटवर्किङ व्यवसायबाट ठगी गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका ७ का कर्ण सलामी मगर, पश्चिम नवरपरासी जिल्ला सुनवल नगरपालिका २ का अशोक अधिकारी, झापा जिल्ला दमक नगरपालिका ३ का खगेन्द्र निरौलालाइ पक्राउ गरेकाे छ ।

 

त्यस्तै, सप्तरी जिल्ला राजविराज नगरपालिका १ का मिथलेश यादव, सोही स्थानका मन्जुला राई, रौतहट जिल्ला चन्द्रपुर नगरपालिका ११ का मुकेश राउत, बाँके जिल्ला कोहलपुर नगरपालिका ३ का हेमराज थापा, रामेछाप जिल्ला मन्थली नगरपालिका १ का सुभाष बस्नेत र धादिङ जिल्ला सिद्धिलेखा गाउँपालिका २ का दिपा पुरी पनि पक्राउ परेका छन् ।

 

पक्राउ परेकाे समुहले युनिटि लाइफ नामक संस्थामार्फत ठगी गर्दै आएको थियो । उनिहरुलाई ठगी उजुरीका आधारमा कपिलवस्तु प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । 

 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।