समाचार

बा‍ढीपहिरोबाट ओखलढुंगा चारको मृत्यु

बा‍ढीपहिरोबाट ओखलढुंगा चारको मृत्यु

ओखलढुंगा । बाढी पहिरोका कारण ओखलढुंगामा ४ जनाले ज्यान गुमाएका छन् ।

मोलुङ गाउँपालिका वडा नं. ७ पात्लेमा शनिबार बिहान पहिरो जाँदा एकै परीवारका दुई जनाको ज्यान गएको हो । पहिरोमा परी मृत्यु हुनेमा मोलुङ गाउँपालिका वडा नं. ७ की ४० वर्षिय खपुटी शेर्पा र उनकी १२ वर्षिय छोरी याङजी शेर्पा रहेको प्रहरीले जनाएको छ ।

चार दिनदेखि परेको अविरल वर्षाका कारण शुक्रबार चिसंखुगढी गाउँपालिकाको स्थानीय लसुनेखोलाले बगाउँदा शुक्रबार एक जनाको मृत्यु भएको थियो भने शनिबार बिहान मोलुङ गाउँपालिका ७ पात्लेमा घरमा बसी रहेको अवस्थामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका अनुसार चिसंखुगढी गाउँपालिका ४ नवलपुरका ८५ वर्षीय बृद्धा पासाङकुटी शेर्पाको शुक्रबार र शनिबार मोलुङ गाउँपालिका वडा नं. ७ की ४० वर्षिय खपुटी शेर्पा र उहाँकी १२ वर्षिय याङ्जी शेपाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए ।

त्यस्तै गरी मोलुङ खोलामा आएको बाढीले बगाएर गम्भीर घाईते भएका सुनकोसी गाउँपालिका ४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको पनि मृत्यु भएको स्थानीयले बताएका छन् ।

घरमाथि खनिएको सडकका कारण पहिरो जाँदा आमाछोरीको ज्यान गएको वडा अभ्यक्ष हेम सुनुवारको भनाई छ । उनीहरूलाई आफुहरुले जोखिम बढ्दै गएका कारण अन्यत्र सर्न आग्रह गरेपनि अटेर गरी सोही घरमा बसेका कारण दुःखद घटना भएको सुनुवारले बताए ।

मृत्यु

विशेष