राजनीति

बाढी-पहिरोको क्षतिप्रति नेकपा अध्यक्षद्वय ओली र दाहालद्वारा दुःख व्यक्त

बाढी-पहिरोको क्षतिप्रति नेकपा अध्यक्षद्वय ओली र दाहालद्वारा दुःख व्यक्त

काठमाडौं : देशका विभिन्न भागमा अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै उनीहरूले बाढी, पहिरो र डुबानमा परी ज्यान गुमानेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

पीडितहरुको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहलसमेत गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशनसमेत दिएका छन्।


केपी शर्मा ओली पुष्प कमल दाहाल ‘प्रचण्ड’