समाचार

अवतरणका क्रममा चिप्लियो यती एयरको विमान

अवतरणका क्रममा चिप्लियो यती एयरको विमान

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको विमान चिप्लिएको छ।

अवतरणको क्रममा चिप्लिएको उक्त विमान धावनमार्गबाट केही पर पुगेको हो। विमान चिप्लिँदा दुई यात्रु घाइते भएका छन् भने अन्य यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ। विमानमा ६६ यात्रु सवार रहेको बताइएको छ।

नेपालगन्जबाट उडको यतीको एटीआर–७२ को जहाज अवतरणका क्रममा चिप्लिएको हो। अविरल वर्षाका कारण धावनमार्ग चिप्लो बनेका विमान अवतरणका क्रममा चिप्लिएको हो। 

यती एयरलाइन्स