मनोरञ्जन

गायक फुलाराले ल्याए ‘म आउने प्रहर’ (भिडियोसहित)

गायक फुलाराले ल्याए ‘म आउने प्रहर’ (भिडियोसहित)

काठमाडौं । गायक हरिदत्त फुलाराको नयाँ नेपाली रोमान्टिक गीत सार्वजनिक गरिएको छ । उनको ‘म आउने प्रहर..’ बोलको नयाँ गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । एकपछि अर्को गीत बजारमा ल्याइरहेका गायक फुलाराको यो गीतमा जानू कम्बाङ्ग लिम्बुको शब्द, महाराज थापाको एरेन्ज, कम्पोज गायककै छ ।

 

यस्तै ‘म आउने प्रहर’ को म्यूजिक भिडियोमा नेपाली चलचित्रका चर्चित अभिनेता आयुष रिजाल र नम्रता सापकोटाको अभिनय देख्न सकिन्छ । भिडियोलाई रमेश बाबा नेपालले निर्देशन, रविन्द्र बरालले छायांकन र विष्णु खड्काले सम्पादन गरेका हुन् । 

 

गायक फुलाराका यसअघि ‘हसायो मायाँले’, ‘सम्झनामा डुबायर’, ‘मैले मन पराएँ’, ‘गीत तिमी संगित तिमी’, ‘मेरो देश’, ‘सँगैसँगै हिँडे पनि’, ‘नक्कली’ लगायत बोलका गीत बजारमा आइसकेका छन् । ती गीतहरुलाई स्रोतादर्शकले राम्रो रुचाएका छन् । झण्डै डेढ दशकदेखि नेपाली सङ्गीतमा लागि पर्दै आएका गायक फुलारा पछिल्लो समय अलग्गै पहिचान बनाउँदै गएका छन् ।


भारत, काँशी हिन्दु विश्व विद्यालयबाट शास्त्रीय संगीत अन्तर्गत गायन बिधामा माष्टर डिग्री गरेका गायक फुलारा पश्चिम नेपाल धनगढीका स्थानीय वासिन्दा हन् । उनले त्यहाँको सैनिक आवासिय महाविद्यालयमा दुई वर्ष संगीत प्रशिक्षकको रुपमा काम गरेपश्चात २०७१ सालबाट काठमाडौंलाई कर्मथलो बनाएर गीत, संगीतको क्षेत्रमा क्रियायाशिल रहँदै आएका छन्।

">

हरिदत्त फुलारा नेपाली रोमान्टिक गीत
ADVERTISEMENT