मुख्य समाचार

भारतको बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु 

भारतको बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु 

काठमाडौं । भारतको बैंलोरमा बुधबार राति एक भवन भासिँदा तीन नेपालीसहित पाँच जनाको मृत्यु भएको छ । 

 

बुधबार राति २ बजे भएको घटनामा बझाङको थलारा गाउँपालिका–२ बगाडाका एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो ।घटनामा ज्यान गुमाउनेमा बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्का छन् ।

 

पार्किङसहितको भुइँतलामा खड्का परिवारको बसोबास थियो । भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको मृतकका परिवारले बताएका छन् । तीनै जनाको शव बओरिङ अस्पतालमा पोस्टमार्टम गरिएको छ । ज्यान गुमाउने अन्य दुईजना भारत बिहारका रहेको टाइम्स अफ इन्डियाले जनाएको छ । घटनामा ७ जना घाइते छन् ।