अपराध सुरक्षा

अख्तियारका पूर्वआयुक्त पाठकले घूसको रकम नासुको खातामा राखेको पाइयो  

अख्तियारका पूर्वआयुक्त पाठकले घूसको रकम नासुको खातामा राखेको पाइयो  

काठमाडौं । घूस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायब सुब्बाका नाममा जम्मा गरेको खुलेको छ । 

 

आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थिति अध्यागमनका नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो । अकुत सम्पत्ति     आर्जन गरेको अभियोगमा आयोगमा बयान दिएका झाले डेढ करोडभन्दा बढी सम्पत्तिको स्रोत खुलाउन सकेका थिएनन् । स्रोत नखुलेको सम्पत्ति झाले पाठकमार्फत आर्जन गरको अनुसन्धान अधिकृतको दावी छ । 

 

भक्तपुरको चाँगुनारायणस्थिति नेपाल इञ्जिनियरिङ कलेजको स्वामीत्व विवाद मिलाइदिने भन्दै सञ्चालक लम्बोदर न्यौपानेबाट ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि आयुक्त पाठकले राजीनामा दिएका थिए 

यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।