जेठ २२ मा सार्वजनिक बिदा 


काठमाडौँ । मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा सरकारले जेठ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 


गृह मन्त्रालयले मंगलबार साँझ सूचना जारी गर्दै जेठ १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय बमोजिम मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘ईदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय भएको र उक्त पर्व भोलि जेठ २२ गते पर्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै ईदमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका थिए।
 

संम्बधित खबर