समाचार

वडाध्यक्ष घुस लिँदै गर्दा पक्राउ


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामजीप्रसाद बरै घुससहित रंगेहात पक्राउ गरेको छ । बरैलाई अख्तियारको टोलीले २ लाख ७५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । वडाध्यक्ष बरैसहित अर्का एक मुसहर बैठालाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

सांसद् विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बुबुआइनको कम्पाउण्ड वाल बनाउन उपभोक्ता समिति मार्फत काम शुरु गर्ने बहानामा वरैले घुस मागेका थिए । वरैलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट गएको टोलीले  बाराको कलैया उपमहानगरपालिका–७ स्थित दूर्गा माध्यमिक विद्यालयका हाताबाट घुससहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।