अपराध सुरक्षा

सामूहिक बलात्कारका मुख्य अभियक्त दुई सातापछि समातिए

सामूहिक बलात्कारका मुख्य अभियक्त दुई सातापछि समातिए

रुपन्देही । युवतीलाई सामूहिक बलात्कार गर्ने मध्येका मुख्य अभियुक्त घटनाको दुई सातापछि पक्राउ परेका छन् ।

रुपन्देहीको गैडहवा गाउँपालिका–८ का २२ वर्षिय विष्णु थारु गैडहवा गाउँपालिकामा गत असार २ गते राति भएको सामूहिक बलात्कारमा संलग्न भएको अभियोगमा पक्राउ परेका हुन् । बलात्कारमा संलग्न युवाहरुमध्ये प्रहरीले थारूलाई मुख्य अभियुक्तको रुपमा खोजी गरिरहेको थियो ।

इलाका प्रहरी कार्यालय, लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक शंकर पोखरेलका अनुसार घटनाको दुई सातापछि रुपन्देहीकै सूर्यपुरा इलाकाबाट उनलाई शनिबार राति पक्राउ गरिएको हो । अभियुक्त थारूमाथि जबरजस्ती करणीमा मुद्दा चलाइने प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए ।

बलात्कार घटनामा संलग्न भएको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रम गैडहवा गाउँपालिकाका संयोजक ३० वर्षीय जीवन ज्ञवाली यसअघि नै पक्राउ परेका छन् । पक्राउ परेका ज्ञवालीलाई जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक पोखरेलले बताए ।

घटनाको विवरण अनुसार दुईजना यवतीलाई स्थानीय विष्णु थारुले असार २ गते साँझ खाजा खान बोलाएका थिए । बेलुका खाजा खाएर फर्किदै गर्दा विष्णुले अन्य दुई युवालाई बोलाएर युवतीमाथि जबर्जस्ती गर्न थालेपछि एक युवती भागेकी थिइन् । अर्की युवतीलाई भने उनीहरुले बलात्कार गरेका थिए ।  गुहार माग्दै गएकी युवतीलाई युवाले भेटेपछि उल्टै बलात्कार गरेको पीडितको भनाई उद्धृत गर्दै गैडहवा–९ का अध्यक्ष टेकबहादुरले बलालले बताए ।

सामूहिक बलात्कारपछि गम्भीर बनेका दुवै युवतीको स्वास्थ्य उपचार गरिएको छ । चौधरीले घटना बाहिर नल्याउन धम्की दिएका कारण तीन दिनपछि मात्र घटना सार्वजनिक भएको थियो ।

घटना सार्वजनिक हुँदा बलात्कारमा १४–१५ जना युवाको समूह संलग्न भएको बताइए पनि युवतीहरु मदिराको नशामा भएका र अँध्यारोमा नचिनेका व्यक्तिबाट घटना भएकाले पीडकहरुको संख्या यकिन हुन नसकेको प्रहरीको भनाइ छ ।

पक्राउ