अन्तरवार्ता भिडियो Breaking News अर्थ कभर स्टोरी

दुई छाक भात खान अहिलेको उत्पादन पर्याप्त छ (भिडियोसहित)

दुई छाक भात खान अहिलेको उत्पादन पर्याप्त छ (भिडियोसहित)

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ कृषि वैज्ञानिक हरिकृष्ण उप्रेतीले नेपालमा खाद्यान्नको उत्पादन, आयात र निर्यातको तथ्याङ्कमा प्रश्न उठाएका छन् । विदेशबाट खाद्यान्नका नाममा अन्य सामग्री नै आयात हुने उनको आशंका छ । 


उनी भन्छन्, ‘खाद्यान्न आयातमा सरकारले भन्सार सहुलियत दिएको छ । यसैको फाइदा उठाएर दाल, चामलको ठाउँमा अन्य सामग्री आयात हुन्छ भन्ने मेरो शंका हो । हेर्दा  कागजमा दाल, चामल आयात भएको देखिने, भित्रिने बेला अरुथोक नै आउने । यसले आयात निर्यातको तथ्याङ्क नै सही होइन भन्ने देखाउँछ ।’

">
‘गत वर्ष हामीकहाँ ५६ लाख मेट्रिक टन धान उत्पादन भएको देखिन्छ । हाम्रो जनसंख्या भनेको ३ करोड हो । त्यसमा ५० लाख भन्दा बढी विदेशमा छन् । अढाइ करोड नेपालीका लागि दुवै छाक भात खायो भने पनि हाम्रो उत्पादन पुग्छ । नपुगे, केही आयात पनि हुन्छ, तर, २५ अर्बको चामल आयात गर्नु पर्दैन । यति धेरै आयात भएको चामल कहाँ गयो त ? यसकारण तथ्याङ्कमै गोलमाल छ भन्ने मेरो तर्क हो । ’ उप्रेतीले भने । 


बैज्ञानिक उप्रेतीका अनुसार फलफूल र तरकारीबाहेक खाद्यान्न मात्रै ६० अर्बसम्मको आयात हुने गरेको छ । आयात बढी हुनेमा चामलपछि मकै रहेको छ ।  नेपालमा ३१ सय प्रजातीका रैथाने जातका धान छन् । ती मध्ये कतिपय लोप हुने अवस्थामा छन भने कतिपयको देशका विभिन्न स्थानमा स्थानीयस्तरमा खेती भैरहेको छ । नेपाल विभिन्न प्रजातीका धान फल्नेमा विश्वमै अनुपम राष्ट्र हो । तरार्ईदेखि हिमालसम्मको फरक–फरक हावापानीमा फरक–फरक प्रजातीका धान फल्ने गरेको उप्रेती बताउँछन् । 


नेपालमा मुख्यतः इण्डिका, जापानीको र जाभोनिका जातको धानको खेती हुने गरेको छ । स्थानीय भन्दा विकासे जातको बीउ बढी फल्ने भएकाले सबैको ध्यान त्यसमै केन्द्रीत छ । सरकारले विभिन्न पकेट क्षेत्र निर्धारण गरी भूगोल र सिंचाईको अवस्थासमेतलाई ध्यानमा राखेर जमिनको बर्गीकरण गरी खेती गरिरहेको उप्रेती बताउँछन् । 


धान खेती र यसको उत्पादन बढाउन सरकारले केही विषयमा तत्काल सुधार गर्नुपर्ने हुन्छ : 


क ) सिंचाई सुविधा
ख) कृषि सडकको निर्माण
ग ) मलको सहजता र कृषकको पहुँच
घ ) बीउ उपलब्ध 
ङ) समर्थन मूल्य निर्धारण
च ) जमिन खण्डीकरण रोक्ने
छ ) फसल सुकाउने (ड्राइ ) सुविधा

यो वर्ष अहिलेसम्म जम्मा १२ प्रतिशत मात्र रोपाईं भएको छ । गतवर्ष यो बेलासम्म १७ प्रतिशत रोपाईं सम्पन्न भैसकेको थियो । रोपाईं प्रभावित हुनुको कारण सिंचाईको अभाव नै हो । 


अझैपनि धेरैजसो ठाउँमा आकाशे पानीको भरमा सिंचाई गर्नुपर्ने अवस्था भएकाले रोपाईं पूरा हुन नसकेको हो । सरकारले सिंचाईंका लागि थालेका परियोजना पूरा हुन नसक्नु, भएको नहर कुलोको पनि व्यवस्थापन नहुनु लगायतका समस्या यो सालपनि देखिएका छन् । 

">
बैज्ञानिक उप्रेतीका अनुसार मल हाल्ने तरिका नपुगेर पनि उत्पादन प्रभावित भैरहेको छ । उनी भन्छन्, ‘प्राङ्गारिक तथा कम्पोष्ट मल  त बन्नै छोडिसक्यो । रासायनिक मलमा युरिया र डीएपी मात्र किसानहरुले हाल्ने गरेका छन् । मल हाल्नुपर्छ, तर अनुपात मिलाएर । फरक–फरक मल हाल्ने गरियो भने यसले उत्पादन पनि बढाउँछ र माटोको गुणस्तर पनि बिगार्दैन । हामीकहाँ त कसैले युरिया मात्रै हाल्ने, कसैले डीएपी मात्र हाल्ने । समस्या यसले गरेको हो । ’


धान, गहुँ, मकै मात्र होइन फलफूल र तरकारी बालीमा पनि प्रशस्त विषादी प्रयोग गर्न सकिन्छ । हामीकहाँ त विषादीको प्रयोग खासै भएको छैन । भारत र अमेरिकामा त विषादीको अत्यधिक प्रयोग हुने गर्छ । फरक के हो भने बाहिर अनुशासनमा बसेर विषादी प्रयोग हुन्छ । विषादीको प्रयोगपछि निश्चित अवधि कुरेर मात्रै बाली टिप्ने गरिन्छ, तर हामीकहाँ विषादी हाल्ने र बाली टिप्ने वा काट्ने र बजारमा पुर्याउने समयको ठेगान छैन । जे मन लाग्यो त्यही छ, समस्या यो हो । 


सरकारले कृषि क्षेत्रलाई दिंदै आएको अनुदानको पनि उपयोग नभइ दुरुपयोग भैरहेको उप्रेतीको ठहर छ । 

    ">