Breaking News नेपाल आज विशेष

यक्ष-युधिष्ठिर संवादमा के छ ?

यक्ष-युधिष्ठिर संवादमा के छ ?

यक्ष : मनुष्यको आत्मा भएको दैवले रचेको मित्र को हो ?
युधिष्ठिर : मनुष्यको आत्मा भएको, दैवले रचेको मित्र ‘स्त्री’ हो ।

 

यक्ष : एक्लै को हिँड्छ ? सधैं रुप बदली बदली उत्पन्न हुने को हो ? धनीको सुपात्र के हो ?
युधिष्ठिर : एक्लै सूर्य हिँड्छ, सधैं रुप बदलिने चन्द्रमा हुन् । धनीको सुपात्र (जग्गा) जोर्नु हो ।

 

यक्ष : अन्त्यमा सुख दिने को हो ? प्राणीलाई जीविका दिने को हो ?
युधिष्ठिर : दानले अन्त्यको सुख दिन्छ । इन्द्र जल वर्षा गरी जीविका दिन्छन् । 

 

यक्ष  : जन्मेपछि नचल्ने को हो ? सुत्दा आँखा नचिम्लिने को हो ?
युधिष्ठिर  : जन्मेपछि नचल्ने अण्डा हो । सुत्दा आँखा चिम्लिने माछा हो । 

 

यक्ष : पृथ्वीभन्दा ठूलो, आकाशभन्दा उँचो, वायुभन्दा चाँडो हिँड्ने, घाँसभन्दा धेरै के हुन्छ ?
युधिष्ठिर : पृथ्वीभन्दा ठूली माता हुन् । आकाशभन्दा उँचो बाबु हुन् । बायुभन्दा चाँडो हिँड्ने मन हो । घाँसभन्दा बढी हुने चिन्ता हो । 

 

यक्ष : परदेशको मित्र को हो ? घरको मित्र को हो ? रोगीको मित्र को हो ? मर्न लागेकाको मित्र को हो ?
युधिष्ठिर : परदेशको मित्र पैसा हो । घरको मित्र श्रीमती हो । रोगीको मित्र कविराज हो । अन्तिम अवस्थाको मित्र दान, धर्म हो । 

 

यक्ष : सबको अतिथि को हो ? अमृत के हो ? सबै जगतमा व्याप्त नभई नहुने के हो ?
युधिष्ठिर : सबैको अतिथि अग्नि हुन् । सबै गुण भएकाले गाईको दूध अमृत हो । सबै जगतमा व्याप्त नभई नहुने  वायु देवता हुन् । 

 

यक्ष : मानिसमा कुन कुरा हुनु उत्तम हो ? कुन धन उत्तम हो ? काममा योग्य के हो ? कुन सुख सर्वश्रेष्ठ छ ?
युधिष्ठिर : चतुर हुनु उत्तम हो । विद्यामा सर्वश्रेष्ठ धन हो । काममा आरोग्य हुनु योग्य हो । सन्तोष बराबर अरु सुख छैन् । 

 

यक्ष : मुस्किलले जित्न सकिने शत्रु को हो ? कुन कुरा छोडे सबैको प्यारो भइन्छ ?
युधिष्ठिर : क्रोध मनुष्यको मुस्किलले छोड्न सकिने शत्रु हो । घमण्ड छोडे सबैको प्यारो भइन्छ । 

 

यक्ष : शरीरको सर्वाधिक ठूलो अन्तररोग कुन हो ?
युधिष्ठिर : लोभ सवैभन्दा ठूलो मानसिक रोग हो । 

 

यक्ष : संसार के ले ढाकेको छ ? उसमा प्रकाश किन हुन्न ? मित्रत्याग के ले हुन्छ ? के कारण स्वर्ग (सम्पूर्ण सुख, सफलता) मिल्दैन ?
युधिष्ठिर : संसार अज्ञानले ढाकेको छ । अज्ञानरुपी अन्धकारले गर्दा प्रकाश हुँदैन् । लोभको कारण मित्रत्याग हुन्छ । अवगुणले स्वर्ग मिल्दैन् । 

 

यक्ष : मनुष्य वा देश के हुनाले मृतवत (मरेतुल्य) हुन्छ ?
युधिष्ठिर : धर्महीन मनुष्य र राजा (सरकार) हीन देश मृतवत (मरेतुल्य) हुन्छ । 

 

यक्ष :  मीठो बोल्ने, विचार गरी काम गर्ने, धेरै मित्र बनाउने र धर्ममा प्रीति राख्नाले के हुन्छ ? संसारमा आनन्दी पुरुष को हो ?
युधिष्ठिर : मीठो बोल्ने सबैको प्यारो हुन्छ । विचार गरी काम गर्नेको सदा जीत हुन्छ । जस्का मित्र धेरै हुन्छन, उ सुखपूर्वक बस्छ । धर्ममा प्रीति लाउनेको शुभ गति हुन्छ । ऋण नहुने आनन्दले बस्छ । 
 

यक्ष युधिष्ठिर