अपराध सुरक्षा

महिलालाई ट्रकमा लिफ्ट दिएर जबर्जस्ती गर्ने पक्राउ 

महिलालाई ट्रकमा लिफ्ट दिएर जबर्जस्ती गर्ने पक्राउ 


तनहुँ । घटना गत बुधबारको हो । ना १ क ४३४९ नम्बरको ट्रक नवलपरासीबाट दमौली आउने क्रममा थियो । नवलपरासीको डण्डा पुगेपछि ट्रकमा एक महिलाले लिफ्ट मागिन् । ट्रक विहीबार बिहान १ः३० बजेको समयमा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा पुग्यो । चालकले सडक किनारामा ट्रक रोके ।

 

घर जाने ठूलो आशाका साथ ट्रकमा चढेकी महिलालाई के थाहा उनी ट्रकका चालक र सहचालकको हवसको शिकार बन्छिन् भनेर । लिफ्ट दिएर ल्याएकी महिलालाई चालक मोरङ उर्लाबारी नगरपालिका–३ सुर्यचोकका ३१ वर्षीय विमल ढकाल र ट्रकमा सहचालक रहेका ३२ वर्षीय  गोपाल भण्डारीलाई तनहुँ प्रहरीले पक्राउपछि सार्वजनिक गरेपछि घटनाको रहस्य पर्दाफास भएको हो । चालक र सहचालकले जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।