कला साहित्य

मण्डला थिएटरमा एन्टन चेकवको ‘मैनदानी’

मण्डला थिएटरमा एन्टन चेकवको ‘मैनदानी’

काठमाडौं : नाटक ‘मैनदानी’ मञ्चन हुने भएको छ। एन्टन चेकवको छोटो कथा ‘द वर्क अफ एन आर्ट’मा आधारित नाटक मण्डला नाटकघरमा मञ्चन हुने भएको हो।

संयोग गुरागाईँ निर्देशित नाटकले कला र कुनै पनि कलात्मक वस्तुलाई समाजका विभिन्न पात्रहरुले कसरी हेर्छन्? कसरी बुझ्छन्? भन्ने बारे कथा भन्छ।

नाटकमा आयान खड्का, अंकित खड्का, विकास पन्त, देविशा लामिछाने, इंगी होपो कोँइच सुनुवार, मिलन कार्की, देविन चौधरी, नीकिता आचार्य, जेनी सुनुवार, रिजन परियार, सागर खाती लगायतका कलाकारहरु अभिनय रहेको छ। सिक्का इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको नाटक मञ्चन रहने यो नाटकको निर्माता युनिक केसी हुन्।

मैनदानी