अपराध सुरक्षा

बोक्सी भगाउन भन्दै युवती कुट्ने कथित धर्तीमाताको खोजी गर्दै प्रहरी 

बोक्सी भगाउन भन्दै युवती कुट्ने कथित धर्तीमाताको खोजी गर्दै प्रहरी 

काठमाडौं । सिंहदरबारको ‘आँखा’ अगाडि नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्ममाताको खोजीका लागि काठमाडौं प्रहरीले सक्रियता देखाएको छ । बुटवलबाट काठमाडौै आएकी धर्ममाता भनिने विष्णु कुँवरले सार्वजनिक स्थलमै बोक्सी भगाउने नाममा एक युवतीमाथि कुटपिट गरेको घटना सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नका लागि प्रहरीले दतारुकता देखाएको हो । 

 

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार भद्रकाली मन्दिरजस्तो सर्वाजनिक स्थलमा भएको कुटपिटको घटनालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन प्रक्रिया थालिएको छ । कुवँरसँग फोन सम्पर्क भएको जनाउँदै डिएसपी बोगटीले कुँवरले आफू भक्तकै इच्छाअनुसार त्यस्तो गरेको जवाफ दिएको बताए । उनका अनुसार कुँवरले आफू रहेको स्थान भने खुलाउन मानिनन् । 
नागरिक दैनिकबाट