अपराध सुरक्षा

धान रोप्न गएकी महिलाको करेण्ट लागेर मृत्यु

धान रोप्न गएकी महिलाको करेण्ट लागेर मृत्यु


दोलखा । दोलखामा धान रोप्न गएकी एक महिलाको करेण्ट लागेर मृत्यु भएको छ । भीमेश्वर नगरपालिका–५ बिरुवाकी दुर्गा बुढाथोकीको मृत्यु भएको हो । धान रोप्न मेलामा गएकी उनको पानी लिन जाने क्रममा विद्युतको पोलबाट प्रवाह भएको तारबाट करेण्ट लागि मृत्यु भएको हो ।

 

विद्युत प्राधिकरणको लापर्बाही गरेर तार व्यवस्थापन नगर्दा मृत्यु भएको भन्दै मृतकका आफन्तजनले  शव बुझ्न मानेका छैनन् ।