मुख्य समाचार समाचार

मेयरको घरमा प्रेसर कुकर बम फेला

मेयरको घरमा प्रेसर कुकर बम फेला

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका मेयरको घरमा बम फेला परेको छ । सोमबार राति मेयर सञ्जु पण्डितको विदुर–९ स्थित घरमा प्रेस कुकर बम फेला परेको हो । नेकपा विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा समूहका कार्यकर्ताले घरमा प्रेसर कुकर बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

बमका कारण मेयरको घर आसपासका समूदाय रातभर आतंकित भएका थिए । नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालका अनुसार अहिले बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको छ । आजको बन्द सफल पार्न विप्लवका कार्यकर्ताले बम राखिएको बुझिएको छ ।

विदुर नगरपालिका प्रेस कुकर बम

विशेष