अपराध सुरक्षा

रौतहटमा गाडी दुर्घटना, ६ प्रहरीसहित ११ जना घाइते

रौतहटमा गाडी दुर्घटना, ६ प्रहरीसहित ११ जना घाइते


रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा थुनुवा बोकेको प्रहरीको गाडी प्रहरीको गाडी दुर्घटना हुँदा ६ जना प्रहरीसहित ११ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट थुनुवा लिएर जिल्ला अदालत गौर जाँदै गरेको ना १ झ ५३८९ नम्बरको प्रहरीको गाडी चन्द्रनिगाहपुर सडक खण्डमा पर्ने बालचनपुर भन्ने ठाउँमा दुर्घटना भएको हो ।

 

घाइतेमध्ये २ जना प्रहरी जवान र २ जना थुनुवाको अवस्था गम्भीर छ । उनीहरूको चन्द्रनिगाहरपुरस्थित चन्द्रपुर अस्पलतामा उपचार भइरहेको छ । 

 

यस्तै, गम्भीर घाइते भएका २ जना थुनुवाहरू रमेश कुमार चौधरी र निर्मल शाहलाई  थप उपचारका लागि वीरगंज लगिएको छ । गाडी नियन्त्रणबाहिर पुगेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।