पौडेल हत्याबारे एक साताभित्र जानकारी दिन सरकारलाई समितिकाे निर्देशन

पौडेल हत्याबारे एक साताभित्र जानकारी दिन सरकारलाई समितिकाे निर्देशन


काठमाडौँ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सर्लाहीमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा जिल्ला इन्चार्जको हत्याका विषयमा एक साताभित्र जानकारी दिन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

 

गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेपछि पौडेलको मृत्यु शंकास्पद देखिएकाले घटनाको छानविन गरेर एक सातामा त्यसको जानकारी दिन बैठकले गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।  समितिको बैठकमा गृहमन्त्री थापाले भने पौडेलको मृत्यु प्रहरीको जवाफी कारबाहीमा भएको दाबी गर्नुभएको थियो ।

 

गत बिहीवार सर्लाहीको लालबन्दीमा भएको भिडन्तमा चन्द समूहका सर्लाही जिल्ला इञ्चार्ज पौडेलको मृत्यु भएको प्रहरीको दावी छ । तर नेकपाले उनलाई नियन्त्रणमा लिएर हत्या गरिएको दावी गर्दै आएको छ । 

संम्बधित खबर