अपराध सुरक्षा

पेस्तोल र गोलीसहित चन्दका दुई कार्यकर्ता पक्राउ

पेस्तोल र गोलीसहित चन्दका दुई कार्यकर्ता पक्राउ


मोरङ । पेस्तोल र गोलीसहित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको कानेपोखरी–६ बाट सुन्दरहरैंचा नगरपालिकाका ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ का ३४ वर्षीय कन्सा माझी धिमाल पक्राउ परेका हुन् ।


मोटरसाइकलमा सवार उनीहरुबाट प्रहरीले दुईवटा पेस्तोल, चारवटा म्यागजिन र १४ राउण्ड गोली बरामद गरेको छ ।