अपराध सुरक्षा

‘झैझगडा गर्नुहुन्न’ भन्नेलाई नै सांघातिक हमला 

‘झैझगडा गर्नुहुन्न’ भन्नेलाई नै सांघातिक हमला 

अर्घाखाँची । क्रिकेट खेलमा उत्पन्न विवादपछि भएको आक्रमणमा परेर अर्घाखाँची, धारापानीका २६ वर्षीय शम्भु शाही गम्भीर घाइते भएका छन् । शाहीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । 

 

शाहीलाई बियरको बोतलले टाउको, पेट र हातमा प्रहार गरिएको थियो ।  

 

भूमिकास्थान नगरपालिका धारापानीस्थित ठूलाखर्क युथ क्लबले गत जेठ ३२ गते आयोजना गरेको क्रिकेट प्रतियोगितामा सूचीभन्दा बाहिरका खेलाडी मिसाइएको भन्ने विषयमा विवाद उत्पन्न भएको थियो ।  विवादको दुई दिनपछि स्थानीय मेलामा एक पक्षका व्यक्तिहरुले अर्को पक्षका अनिल आचार्यमाथि कुटपिट गरेका थिए । शम्भुले अनिललाई प्रहरीको सहयोगमा जोगाएर केही परको चियाखाजाको पसल लगेका थिए । 

 

मेलामा अनिलमाथि आक्रमण गर्नेले सोही चियाखाजा पसलमा शम्भुमाथि आक्रमण गरेका थिए । आक्रमण गर्ने नुमबहादुर गमाल,  लिलबहादुर गमाल, बाबुराम गमाल, हिमबहादुर थापा गमाल, सुरजबहादुर थापा र छपबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।