अपराध सुरक्षा

लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ

नवलपरासी । पूर्वी नवलपरासीमा प्रहरीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

डण्डा चोरमारा बीच जंगलमा चेक जाँचको क्रममा ३ जनालाई लागु औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

प्रहरीका अनुसार लु १ ख ८८९९ नम्बरको बसमा शंकास्पद गतिविधिको आधारमा चेकजाँच गर्दा गैडाकोट ६ बस्ने १८ बर्षका विनो विक र २२ बर्षीय पूर्णमान श्रेष्ठ पक्राउ परेका हुन् । उनीहरुको साथबाट फेनारगन १४ एम्पुल, नुफिन १४ एम्पुल र डाइजेपाम सेरिजेक १४ एम्पुल बरामद भएको छ ।

त्यसैगरी लु १ ख २५१ नम्बरको बसमा सवार पाँचथरको तुम्वेवा गाउँपालिका १ घर भई हाल काठमाडौं १६, सोह्रखुट्टेमा बस्दै आएका २० बर्षीय कबिर योञ्जन पक्राउ परेका छन् । उनको साथबाट निट्राभेट १० नामक लागुऔषध ४ सय ३३ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ३ जना विरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

लागु औषध