अपराध सुरक्षा

पाँचथरमा युवतीमाथि खुकुरी प्रहार गरी लुटने सार्वजनिक, लुटिएको रकम पनि बरामद

पाँचथरमा युवतीमाथि खुकुरी प्रहार गरी लुटने सार्वजनिक, लुटिएको रकम पनि बरामद


पाँचथर । पाँचथरमा एक माइक्रोमाफाइनान्सकी कर्मचारी सुजाता तामाङको हत्या गरी फरार रहेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरी सार्वजनिक गरेको छ ।  गोपेटार स्थित एनएमबि माइक्रोफाइनान्सकी कर्मचारी सुजाता तामाङको गत असार ३ गते हत्या गरी फरार हिलिहाङ ६ निवासी १९ वर्षीय घनेन्द्र लावतीलाई प्रहरीले पक्राऊ गरी सार्वजनिक गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालयले फिदिममा पत्रकार सम्मेलन गर्दै हत्या आरोपी लावतीका साथवाट वरामद गरेको नगद ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकुरी पनि सार्वजनिक गरेको हो । लावतीले पैसाकै प्रलोभनमा तामाङलाई बाटो ढुकेर गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।

 

हिलिहाङ–६ भारपा निवासी हत्या आरोपी लावती घर नजिकैको जंगलमा लुकेर वसेको अवस्थामा खुकरी र नगद सहित पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।