खानेपानी तथा सरसफाइका लागि  ४३ अर्ब ४६ करोड : मन्त्री मगर

खानेपानी तथा सरसफाइका लागि  ४३ अर्ब ४६ करोड  : मन्त्री मगर

खानेपानीमन्त्री बीना मगरले आगामी आर्थिक वर्षमा मेलम्ची खानेपानीको आयोजनाको प्रथम चरण निर्माण सम्पन्न गरी काठमाडौँ उपत्यकामा पानी वितरण गरिने बताउनुभएको छ । 

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत खानेपानी मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले मेलम्ची खानेपानीको प्रथम चरणको काम भइसेकको हुँदा काठमाडौँ उपत्यकामा पानी बाँड्ने प्रतिवद्धता जनाउनुभयो । 

मन्त्री मगरले खानेपानी सेवाको गुणस्तर सुधारका आयोजनाहरु रहेका र त्यसमा खानेपानी सुरक्षा कार्यक्रम गरी छिटो, सुरक्षित र दिगो खानेपानी दिने उद्देश्य रहेको उल्लेख गर्नुभयो ।  
यस आर्थिक वर्षमा खानेपानी तथा सरसफाइका लागि  ४३ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । 

नेपालको ७७ वटै जिल्लामा खानेपानी सेवा परिचालन गर्न, तराईमा खानेपानीलगायतका आयोजनाका लागि बजेट छुट्याएको जानकारी उहाँले दिनुभयो । 

मन्त्री मगरले खानेपानी तथा सरसफाइ विधेयकलाई ऐनका रुपमा ल्याएर कार्यान्वयन गर्ने गरी जलवायु परिर्वतनलगायतका कारणबाट खानेपानीका स्रोतहरु सुक्दै गएकाले स्रोतलाई संरक्षण गर्न अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।

खानेपानीमन्त्री

संम्बधित खबर