पर्यटन

नेपाल वायु सेवा निगम त्यहीँका हाकिमहरुले डुबाएका रहेछन्, पढौं दुःखद कहानी 

नेपाल वायु सेवा निगम त्यहीँका हाकिमहरुले डुबाएका रहेछन्, पढौं दुःखद कहानी 

काठमाडौं । एउटा संस्था बन्नु, भत्किनु टिम वर्क र सहकर्मीप्रति नेतृत्वको सहिष्णुतामा पनि भर पर्दछ । सानो उदाहरण हेरौं, नेपाल वायु सेवा निगम किन आज टाट पल्टिने अवस्थामा पुग्यो ?

 

कुनै जमानामा बोइङ क्याप्टेन र निगमको प्रबन्ध निर्देशक नै भएका केपी लिम्बूको कथा हो । बर्षौैंअगाडि उनले जहाज उडाउन छाडेका हुन् । तर, एकदिन त्यसबेलाका सात जना क्याप्टेनसहित  पुगेर नेतृत्वसमक्ष एउटा प्रस्ताव राखे– ‘हामीलाई पाँच वर्षसम्म नोकरीको ग्यारेण्टी देऊ । हामी बोइङका पाइलट हौं । खाफ्नै खर्चमा एअरबसको तालिम लिन्छौं । र त्यो जहाज उडाउँछौं । विदेशीलाई हायर गर्नुपर्ने, १७ लाखसम्म तलब लिनु पर्ने अवस्थाबाट हामी यसरी मुक्त हुन सक्छौं । तर, नेतृत्वलाइृ लाग्यो, ‘यिनीहरु आए भने हामीलाई विस्थापित गर्छन् । उनीहरु जान्ने सुन्ने हुन्छन् ।’

 

यो उमेरमा विदेश गएर धेरै पैसा त कमाई होला, तर मनको शान्ति भने मिल्दैन । त्यसैले केबी लिम्बू डेढ सय यात्रु बोक्ने ठूलो जहाजको ककपिट छाडेर चीनले दिएको १७ सिटे वाइ १२ ई जहाज उडाउने तालिममा खुम्चिन बाध्य भए । त्यसका एकमात्र इन्स्ट्रक्टर पाइलट आङनुरी शेर्पा हुन् । केबीलाई भनियो, ‘एअरबस उडायो भने डेढ लाख पाउँछौं । १२ ई उडायौं भने ७ लाख ।’ फिजियो नेपाली नामक पुराना अर्का पाइलट छन्, जसले सीता एअर चलाए र एक मात्र छोरालाई समेत गुमाए । उनी यही तालिम लिँदैछन् । 

 

वाइ १२ ई त्यो जहाज हो जसलाई इन्डोनेसियाबाट आएका इन्स्ट्रक्टर पाइलटले ‘म  भैरहवा जान्छु, विराटनगर जान्छु, तर लुक्लालगायत पहाडी भूभागमा उडाउनै सक्दिन भनेर टक्टकिएका थिए । १७ लाख तलब खान्थे । उनलाई पालिराखेको नेपाल वायु सेवा निगमले आफ्नै उत्पादनका पाइलटलाई सुख्खा तलबमा खुम्च्याउने, काम नदिने, चारवटा त्यस्ता जहाज ग्राउन्ण्डेड राख्ने भएपछि केपी लिम्बूहरु त्यसलाई थन्क्याउनुको सट्टा उपयोग गर्नुपर्छ भन्दै मन मिचेर तालिममा खटिएका हुन् । 
जनआस्था साप्ताहिकबाट ।