समाचार

गुठी विधेयक परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन

गुठी विधेयक परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ । चौतर्फी विरोध र आलोचना बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे परामर्श थाल्नुभएको छ । प्रधानमन्त्रीले आज विहान भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्यालसँग गुठी विधेयकबारे  जानकारी लिनुभयो ।

 

विरोध बढ्दै गएको भन्दै विधेयक परिमार्जन गर्नेबारे मन्त्रीसँग जानकारी लिनुभएको हो । गत बैशाख १६ गते भुमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्यालले गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ राष्ट्रिय सभामा दर्ता गर्नुभएको थियो ।

 

तर विधेयकले धर्मसंस्कृति मास्ने भन्दै विधेयकका कतिपय प्रावधानलाई लिएर उपत्यकाका नेवार समुदाय आन्दोलित बनेका छन् । विधेयक खारेज गर्नुपर्ने उनीहरुको माग छ ।