समाचार

एकनाथ ढकालले मागे सांसद पद

एकनाथ ढकालले मागे सांसद पद


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण सकेर स्वदेश फर्किएलगत्तै नेपाल परिवार दलका अध्यक्ष  तथा पूर्वमन्त्री एकनाथ ढकाल बालुवाटारमा पुगेर राष्ट्रिय सभामा सांसद पद मागेका छन् । चुनावमा परिवार दलले तीन बुँदे सहमति गरी वाम गठबन्धनलाई सघाएकाले ढकालले संसदमा आफ्नो दलको प्रतिनिधित्वबारे जानकारी मागेका हुन् । 

 

गत निर्वाचनमा परिवार दलले नेकपाको तत्कालीन गठबन्धनलाई सघाएबापत् संसदमा उसको दलको प्रतिनिधित्व सुनिश्चित गराउने सहमति भएको परिवार दलले जनाएको छ।


यसबारे पार्टी सचिवालयमा छलफल गरे जानकारी गराउने आश्वासन प्रधानमन्त्रीले दिनुभएको थियो ।