समाचार

बसबाट हाम फाल्दा युवतीको मृत्यु

बसबाट हाम फाल्दा युवतीको मृत्यु


चितवन । बसको ढोकाबाट हामफाल्दा चितवनमा एकको मृत्यु भएको छ ।  ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् । लु१ख ६९९१ नम्बरको उक्त बस नारायणगढबाट भण्डारातर्फ जाँदै थियो । 


उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।