समाचार

चुरियामाइ नजिक बस दुर्घटना, १ को मृत्यु, ३१ जना घाइते 

चुरियामाइ नजिक बस दुर्घटना, १ को मृत्यु, ३१ जना घाइते 

 


काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुर र बाराको सिमाक्षेत्र चुरीयामाई मन्दिर नजिकै आज विहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ यात्रु घाइते भएका छन् । नारायणगढबाट वीरगञ्ज जाँदै गरेको ना ५ ख चार शुन्य एक पाँच नम्बरको बस सडकबाट २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

अर्को बसलाई उछिन्ने क्रममा बस अनियन्त्रित भइ सडकवाट पच्चिस मिटर तल खसेको बताइएको छ । बसमा रहेका सबै यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना गराएका चालक भने फरार छन् ।