समाचार

इक्यान मेला २६ गतेदेखि

इक्यान मेला २६ गतेदेखि


काठमाडौँ । १३ औँ संस्करणको नेपाल शैक्षिक परामर्श संघ(इक्यान) शैक्षिक मेला असार २६ गतेदेखि काठमाडौँमा हुने भएको छ ।  संघले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिएको हो । काठमाडौंको भृकुटीमण्डपमा असार २९ गतेसम्म मेला चल्नेछ ।

 

मेलाले नेपाली विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणाली, शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षाका बारेमा जानकारी दिइने भएको छ ।

 

मेलामा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड लगाएतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागी हुने इक्यान अध्यक्ष बिष्णुहरी पाण्डेले जानकारी दिनुभयो । 

 

मेलामा  करिव ४ सय स्टल रहने र २ लाख बढी व्यक्तिले मेलाको अवलोकन गर्ने लक्ष्य रहेको आयोजक इक्यानले जनाएको छ ।