समाचार

सगरमाथा आधारशिविरको फोटो फोटो ट्विट गर्दै मोदीले भने : अन्तर्राष्ट्रिय योगा दिवस मनाऔँ

सगरमाथा आधारशिविरको फोटो  फोटो ट्विट गर्दै मोदीले भने : अन्तर्राष्ट्रिय योगा दिवस मनाऔँ

 

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योग दिवसको तयारी तथा अभ्यासहरु सुरु भएको भन्दै संसारभर दिवस मनाउन सबै राष्ट्रहरुलाई अपिल गर्नुभएको छ । आज साँझ आफ्नो ट्विटरमार्फ मोदीले आजदेखि योगा दिवस २०१९ सुरु भएको भन्दै यसमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।

 

मोदीले ट्विटरमा नेपालको सगरमाथा आधारशिविरमा मनाइएको योग दिवसको फोटो राख्नुभएको छ । ट्विटरमा सबैलाई योगमा सहभागी हुन आमन्त्रण गर्दै उहाँले योगा कार्यक्रमलाई अझै प्रभावकारी र उपयोगी बनाउन सबैले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभएको छ । 

 


भारतीय प्रधानमन्त्री मोदीले विश्व योग दिवस मनाउन संयुक्त राष्ट्रसंघमा प्रस्ताव गरेपछि हरेक वर्ष जुन २१ मा संसारभर योग दिवस मनाइन्छ । ५ दिनपछि मनाइने योग दिवसको सुरुवात आजदेखि भएको हो । योग दिवसको पूर्वसन्ध्यामा आज विहान काठमाडौँस्थित भारतीय दुतावासले सगरमाथाको आधारशिविरमा योगा कार्यक्रम गरेको थियो । 

 

 

Across all continents, the #YogaDay2019 celebrations have begun with immense fervour. I urge you all to join the Yoga Day programmes in your respective nations and enrich the Yoga programmes with your participation. pic.twitter.com/bmA5ublVYE

— Narendra Modi (@narendramodi) June 16, 2019