समाचार अपराध सुरक्षा

रुपन्देहीमा पेस्तोलसहित ३ युवा पक्राउ 

रुपन्देहीमा पेस्तोलसहित ३ युवा पक्राउ 

 


बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगरमा ३ जना पेस्तोलसहित पक्राउ परेका छन् । १ थान कटुवा पेस्तोल र एक राउण्ड गोली सहित प्रहरीले ३ जना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नम्वर ६ का २० वर्षिय सुरज दर्जी, अर्जुन मुसहर र २२ बर्षिय मनिष परियार रहेको प्रहरीले जनाएको छ ।

 

गस्तीमा रहेको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरुलाइ पक्राउ गरेको हो । खोज तलासका क्रममा हतियार सहित फेला परेकाले उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक उमेशराज मैनालीले बताउनु भयो ।