अपराध सुरक्षा

हत्याका फरार प्रतिवादी ३० वर्षपछि पक्राउ

हत्याका फरार प्रतिवादी ३० वर्षपछि पक्राउ

बारा : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी महागढीमाई नगरपालिका-११ मधुरीटोल बस्ने वीरबहादुर चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

२०३९ जेठ ८ गते सोही ठाउँ बस्ने सुकदेव सोनारलाई कर्तव्य गरी हत्या गरेको मुद्दामा तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालत हेटौंडाको २०४३ फागुन १९ गते र सर्वोच्च अदालत काठमाडौंको २०४५ असोज १७ गतेको फैसलाले २० वर्ष कैद सजाय तोकिएका चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले आफ्नै गाउँघरमा लुकीछुपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त सजाय भुक्तानको लागि निजलाई वीरगंज कारागार कार्यालय, पर्सा पठाइएको पर्सा प्रहरीको भनाइ छ।

पक्राउ