अपराध सुरक्षा

बलात्कार आरोपका सई जेल चलान

बलात्कार आरोपका सई जेल चलान

काभ्रे । बलात्कारी प्रहरीका सई जिल्ला अदालत काभ्रेपलाञ्चोकमा भएको बहसपछि विहिबारदेखि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

न्यायाधिश दीपककुमार खरेलको इजलासले यौन अपराधमा संलग्न नेपाल प्रहरी इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत सई रामविनोद राय यादवलाई पुर्पक्षमा कारागार चलान गर्ने आदेश भएको श्रेस्तेदार ठाकुरचन्द्र त्रितालले जानकारी दिए ।

रौतहट गौर घर भएका यादवले नाताले आफन्त पर्ने १९ बर्षिया सालीलाई पटक पटक यौनदासी बनाएका थिए । ती युवतीले श्रीमानको साथ पाएपछि प्रहरी प्रधान कार्यालय नक्सालमा उजुरी दिएकी थिइन् । उक्त कार्यालयले जाहेरीसहित पीडितलाई काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालय पठाएको थियो । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो।

जेल चलान