अपराध सुरक्षा

विप्लवका कार्यकर्ताले सगरमाथाको उचाई नाप्न लगिएको १२ दुरविन लुटे 

विप्लवका कार्यकर्ताले सगरमाथाको उचाई नाप्न लगिएको १२ दुरविन लुटे 

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले सगरमाथाको उचाई नाप्न गएको सरकारी टोलीको साथमा रहेको दुरविन लुटेका छन् । 

 

सगरमाथाको उचाई नाप्न छनोट गरिएका १२ वटा प्वाइन्ट मध्ये खोटाङ लौरेडाँडामा पुगेका सरकारी अधिकारीबाट खोसेर विप्लवका कार्यकर्ताले दुविन कब्जामा लिएका हुन् । 

 

जेठ ७ गते लौरेडाँडा पुगेका सरकारी अधिकारीहरुबाट विप्लवका कार्यकर्ताले दुरविन लुटेको खबर पाएपछि प्रहरीले त्यस क्षेत्रमा खोटाङ र सोलुखुम्बुबाट सुरक्षाकर्मी खटाएको थियो । 
नागरिक दैनिकबाट