मुख्य समाचार राजनीति

प्रधानमन्त्री ओली आज भारत जाँदै, को–कोसँग गर्दैछन् भेट?

प्रधानमन्त्री ओली आज भारत जाँदै, को–कोसँग गर्दैछन् भेट?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भारत जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज भारत जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाल एयरलाइन्सको विमानबाट दिउँसो साढे १ बजे भारत जाने छन् ।

 

प्रधानमन्त्री ओली बिहीबार बेलुकी हुने सपथग्रहण कार्यक्रममा सहभागी हुनुका साथै त्यसपछि भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले दिने रात्री भोजमा पनि सरिक हुने छन् । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शुक्रबार भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम छ ।
 

केपी शर्मा ओली भारत नरेन्द्र मोदी