बालुवाटारको जग्गा छानबिन गर्दा उल्टै हामीमाथि नै आरोप लगायो : प्रधानमन्त्री

बालुवाटारको जग्गा छानबिन गर्दा उल्टै हामीमाथि नै आरोप लगायो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको जग्गा प्रकरणका विषय आफ्नो सरकारले छानबिन सुरु गरेको बताएका छन्।

उनले शुक्रबार मदन आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै आफ्नो पालामा बालुवाटारको जग्गा प्रकरणको छानबिन गर्दा उल्टै आफूहरू विरुद्ध आरोप लागेको बताएका हुन्।

उनले आफ्नै पालामा सुनकाण्डको पनि अनुसन्धान सुरु गरेको दाबी गरे। उनले सुनकाण्डको अनुसन्धान तथा छानबिनमा पनि आफूहरूलाई जस नदिएको आरोप लगाए। उनले देशमा भएका विकास निर्माणका विषयलाई दबाउन दबाएर जनतालाई भड्काउन तर्फ नेपालका बुद्धिजीविहरू लागेको बताए।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्धादेवी भण्डारीको बजाउ गर्दै विश्वका सबै जसो देशमा सरकार प्रमुखहरूले मेरो सरकार भनेर सम्बोधन गर्ने गरेको बताए। उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेपछि चौतर्फी विरोध भएको थियो।

केपी शर्मा ओली

संम्बधित खबर