मेरो परिवार मेरो कथा परिवार

जहाँ आमाबिना हुर्किँदै बालबालिका

जहाँ आमाबिना हुर्किँदै बालबालिका

पूर्वी इन्डोनेसियाको एउटा भाग यस्तो छ जहाँ आमाहरू नै छैनन् भन्दा हुन्छ। यहाँका सबै आमाहरू अन्य देशमा रोजगारीका लागि जाने गर्छन्। इन्डोनेसियाका मानिसहरूले यो ठाउँलाई आमाविहीन गाउँ भन्ने गर्दछन्।

आमाहरूले गाउँ छोडेपछि बालबालिको रेखदेख गर्ने काम बुवाहरूको हुने गर्दछ। धेरै जसो घरमा यस्तै अवस्था हुने भएकाले यहाँका छिमेकीहरू एकआपमा बालबालिकाको स्याहारसुसार गर्ने गर्दछन्।

यहाँका बालबालिकालाई आमाहरू रोजगारीमा दोस्रो मुलुक जाँदाको दृष्य देख्नु एकदमै भावुक पल हुने गर्दछ।  यहाँका केही बालबालिकाहरू यस्ता पनि छन् जसका बुवा आमा दुवै विदेशमा रहेका छन्।

बुवाआमा दुवै नभएका बालबालिकालाई यस्तो विद्यालयमा भर्ना गरिन्छ जहाँ उनीहरू बसोबास गर्छन् र पढ्छन् पनि। यस्ता विद्यालय यहाँका स्थानीय महिला तथा माइग्रेन्ट राइट समूहहरूले सञ्चालन गर्ने गरेका छन्।

धेरैजसो आमाहरू आफ्ना बालबालिकाको खुसी देख्न र राम्रो जीवनयापनका लागि वैदेशिक रोजगारीमा जाने गरेका छन्। यहाँका पुरुषहरू प्रयाः किसान र मजदुरी गरेर घरको खर्च चलाउने गर्दछन् भने महिलाहरू विदेशमा घरेलु कामदारका रूपमा जाने गर्दछन्।

पूर्वी इन्डोनेशियाबाट महिलाहरू विदेश जाने शिलशिला सन् १९८० को दशकबाट सुरु भएको हो।

यहाँबाट विदेश जाने महिलाहरूलाई दुर्व्यवहारको शिकार पनि हुने गरेका छन्। कतिपय महिलाहरू स्वदेश फिर्ता आउँछन् भने कतिपय रातो बाकसमा प्याक भएर आउने गरेका छन्। यहाँको सरकारले उचित कानुन नबनाएका कारण विदेशमा महिलाहरूमाथि दूर्व्यवहार हुने गरेको छ। कतिपय महिलाहरूलाई विदेशमा नराम्रोसँग कुटपटी हुने गरेका घटना पनि छन्।

कतिपय आमालाई विदेशमा काम गरेको तलब पनि नपाइ घर पर्किन बाध्य बनाइन्छ। कतिपय रोजगारदाताले महिलासँग जबरजस्ती शारीरिक सम्बन्ध बनाएर घर पठाइदिने गर्छन्। त्यसैले यहाँका बालबालिकाको बनोवटमा पनि केही भिन्नता देखिन्छ।

१८ वर्षीया फातिमा यहाँका अन्य किशोरीभन्दा भन्न छिन्। उनीलाई देखेर यहाँका मानिसहरू आचार्यचकित पर्ने गर्छन्। उनलाई केही व्यक्तिहरूले तिमी सुन्दर देखिन्छु किनकि तिमी अरबकी भनेर भन्ने गर्छन्। विद्यालयमा भने गाउँका अन्य किशोरी जस्तो नदेखिँदा गिज्याउने गर्छन्।

'मेरा साउदी अरबमा रहेका बुबालाई कहिल्यै देखेकी छैन। यद्यपि उनी मलाई पैसा पठाउने गर्थे। केही समय पहिला उनीको मृत्यु भयो। त्यसपछि हाम्रो जीवन कठिन बन्दै गएको छ' फातिमा भन्छिन्,  'अहिले आमाले साउदी अरबमा अर्को नोकरी खोज्नु भएको छ।'

एली सुसियावटीलाई उनकी आमाले ११ वर्षको उमेरमा छोडेर गएकी थिइन्। उनलाई आमाले हजुरआमाको जिम्मा लगाएर रोजगारीका लागि विदेश लागिन्। उनकी आमा मार्सिया साउदी अरबमा सहयोगीको काम गर्छिन्।

एली अहिले विद्यालयको अन्तिम वर्षको पढाइ गर्दैछिन्। उनले आमाले छोडेर गएपछि कठिनाइपूर्ण तरिकाले जीवनयापन गरेको बताइन्। उनी वानासाबा नामको गाउँमा बस्दै आएकी छन्।

करिमतुल अदिबियाकी आमाले उनलाई १ वर्षको उमेरमा छोडेर वैदेशिक रोजगारीमा गएकी थिइन्। उनलाई आफ्नी आमासँग विताएको एक पल पनि याद छैन। करिमतुलको रेखदेख उनीकी आन्टीले गर्ने गर्छिन्।

'मेरी आमा र आन्टीबीच एक पटक फोनमा झगडा भएको मलाई यदा आउँछ। त्यो कुरा मेरो विषयमा थिए। मेरी आमाले आन्टीलाई मेरी छोरीले मलाई किन चिन्दन भन्दै झगडा गर्दै थिइन्' उनले भनिन्, 'त्यसपछि आन्टीले भनिन् तिमीले छोरीलाई सानै उमेरमा छोडेर गयौ। ऊ र तिमीसँगको एउटा पनि फोटो छैन।'

करिमुतुलको उमेर १३ वर्ष भयो। उनी दैनिक आमासँग भिडियो कलमा कुराकानी गर्छिन्। दुवैले एक अर्कालाई म्यासेज पनि पठाउँछन्। यद्यपि उनीहरूबीच सम्बन्ध उति गाढा छैन जति आमा-छोरीबीच हुनुपर्ने हो। उनी भन्छिन्, 'आमा यहाँ आउँदा पनि म आन्टीसँगै बस्छु।'

उनकी आन्टीले ९ बालबालिकाको हेरविचार गर्छिन्। जसमध्ये एउटा बच्चा उनको पनि हो। अन्य बालबालिका यस्ता छन जसका आमाबुवा रोजगारीका लागि विदेश गएका छन्।

आमाविहीन गाउँ