समाचार मनोरञ्जन कला साहित्य बैंकिङ अपराध सुरक्षा

चेक बाउन्सको मुद्दामा चलचित्र निर्मात्री जोशी पक्राउ

चेक बाउन्सको मुद्दामा चलचित्र निर्मात्री जोशी पक्राउ

काठमाडौँ । नेपाली चलचित्रकी निर्मात्री प्रज्ञा जोशी चेक बाउन्सको केशमा पक्राउ परेकी छिन् । जग्गा कारोबारमा बाउन्स चेक दिएको र ठगी कार्यमा संलग्न रहेको मुद्दामा प्रहरीले जोशीलाई पक्राउ गरेको हो । इटहरीमा पक्राउ परेकी जोशीलाई काठमाण्डौं ल्याउँदै गरेको प्रहरीले बताएको छ ।

 

प्रहरी स्रोतका अनुसार जोशीलाई ठगीको मुद्दा परेको थियो । एक जग्गाको कारोबारमा उनले ५० लाखको चेक दिएकी थिइन् । चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको हो ।

 

जोशीले ‘न बिर्से तिमीलाई न पाए तिमीलाई, सपुत, नोटबुक’ लगायतका चलचित्र निर्माण गरेकी छिन् । केही समय यता जोशी चलचित्र क्षेत्रमा निष्कृय जस्तै छिन् । 


 

नेपाली चलचित्र बाेर्ड
ADVERTISEMENT