खेल

आईपिएलः आज पनि सन्दीपको सम्भावना कम

आईपिएलः आज पनि सन्दीपको सम्भावना कम

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले  सनराईजर्स हैदरावादको समना गर्दै छ । 

 

हैदरावादस्थित राजिव गान्धी क्रिकेट मैदानमा हुने खेलमा नेपाली समयअनुसार राति ८ः१५ मा सुरु हुनेछ । हैदरावादविरुद्ध दिल्लीले  सन्दीपलाई मैदान उतार्ने सम्भावना कमै छ ।

 

यसअघि रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा खराब प्रदर्शन गरेका सन्दीप यस अधि दिल्लीले कोलकत्ताविरुद्धको खेलमा खेलाएको थिएन । 

 

सन्दीपले ४ खेलमा ५ विकेट लिएका छन् । आज दिल्ली हैदरावादविरुद्धको खेलमा पाँचौ जितको खोजीमा रहनेछ । दिल्लीले ७ खेलमा ४ जित निकाल्दै ८ अंक जोडेको छ ।  हैदरावादले ६ खेलमा ३ जितसहित ६ अंक जोडेरको छ । 

आईपीएल