भिडियो राजनीति

विज्ञहरु भन्छन्, ‘अबको विश्वमा भारत र चीनको प्रभाव बढ्छ’ (भिडियो भाग १)

विज्ञहरु भन्छन्, ‘अबको विश्वमा भारत र चीनको प्रभाव बढ्छ’  (भिडियो भाग १)

काठमाडौं ।  नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी सत्संगमा विज्ञहरुले फरक फरक कुरामा जोड दिएका छन् । जरोकिलो महाअभियानका सहयात्री संस्थाहरु नागरिक फाउन्डेसनको आयोजना र प्रगतिवादी युवा समाज नेपालको सहआयोजनामा क्याक्सटन मिडियाको स्टुडियोमा हालै आयोजित सत्संगमा विज्ञहरुले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे फरक फरक दृष्टिकोण राखेका छन् । 

 

संयुक्त राष्ट्र संघका लागि नेपालका पूर्वप्रतिनिधि प्रा.डा. शम्भुराम सिंखडाले भारत र चीनको विश्वप्रभाव अहिले कमजोर भएको तर पुनत्र्थानको दिशामा रहेको उल्लेख गरे । सत्संगमा उनले चीन र भारतको प्रभाव आगामी दिनमा देख्न सकिने अपेक्षा गरे । 

 

पूर्वराजदूत डा. मदन भट्टराईले राष्ट्रिय हितका लागि नेपालले विगतदेखि नै उत्तरदक्षिणबीच सन्तुलन कायम गर्दै आएको उल्लेख गरे । 
रणनीतिक विज्ञका रुपमा अरुणकुमार सुवेदीले नेपालले अहिले लिएको विदेश नीति गलत दावी गरे । समदुरीको सम्बन्ध नेपालले राख्न नहुने स्पष्ट पारे । समदुरीको सम्बन्ध सांसरमा कतै पनि अभ्यासमा नआएको सुवेदीको तर्क छ । 

 

सुवेदीले सत्संगमा  व्यक्त विचार निम्नानुसार छन्ः 

दोस्रो विश्वयुद्धपछि धेरै मुलुकहरु सामरिक  प्रतिस्पर्धामा गए । सांसरमा पहिलेदेखि नै धनका लागि युद्ध हुने गरेको थियो । स्रोतलाई नियन्त्रण गर्न मुलुकहरु अगाडि बढ्छन् । चीन स्रोत सुरक्षित गर्न लागि परेको अवस्था देख्छु । तर भारत त्यो अवस्थामा पुगिसकेको छैन । हिन्द महासागरको छेउमा भारत सुतेर बसेको छ । चीन व्यापारका लागि आक्रमक छ । चीनको सामुद्रिक बाटो भारतको क्षेत्रमा पर्छ । त्यो हिसाबले भारत भूराजनीतिक अवस्थिति महत्वपूर्ण छ ।

भारत अमेरिकाको सहयात्रीको रुपमा छैन । इतिहास हेर्ने हो भने यी दुई मुलुक प्रतिस्पर्धीका रुपमा देखिन्छन् ।  

बिपी कोइरालाले अमेरिकाको प्रिय राष्ट्र इजरायलसँग दौत्य सम्बन्ध स्थापित गरेर फर्किँदा भारतले त्यसलाई चुनौतीका रुपमा लिएको थियो । भारत केन्द्रीत अमेरिकी नीति मिल्ने र पेल्ने प्रकृतिको छ । भारतको ८० प्रतिशत तेल आयात गर्छ । चीन ६२ प्रतिशत तेल आयात गर्छ । संसारका तेलका कुवामा अमेरिकाको एकल वर्चश्व छ । इरानमाथिको दबाब तेलकै कारण हो । इरानसँग तेल नकिन्न भारतलाई अमेरिकी दबाब परेकै हो । चीन केन्द्रीत नीति अमेरिकीहरुको छ । हामी दुई देशको बीचमा छौं । अमेरिकासँग  हाम्रो व्यापारिक सम्बन्ध छैन । सांस्कृतिक सम्बन्ध छैन । यस्तो नहुँदा नहुँदै पनि ब्रिटिस इण्डियाले ‘इन्डिया इन्डिपेन्डेन्ट एक्ट’ पास गरेपछि सबैभन्दा पहिले अमेरिकाले नेपालमा दूतावास खोल्यो । १९४९ को सिआइएको दस्तावेजमा नेपाललाई एसियाको ककपिट भनिएको छ । ककपिटमा कसरी बस्ने रणनीतिक चालबाजी अमेरिकाको छ । 

">

नेपालले मित्र देशहरुसँग समदूरीको सम्बन्धको नीति लिएको छ । यो गलत छ । यो काल्पनिक कुरामात्र हुन जान्छ । समदुरी सम्बन्ध संसारमा कसैको पनि छैन । 

 

१९ सालको युद्धको बेला कालापानी महेन्द्रले भारतलाई दिएका हुन् । 

 

पाकिस्तानबाट बंगलादेश छुट्टिदा नेपालले सबैभन्दा पछि मान्यता दिएको हो । नेपालको त्यस्तो व्यवहारपछि इन्दिरा गान्धीले तत्कालीन ‘रअ’को चिफ आरएन कावालाई नेपाललाई पनि कसरी भारतमा बिलय गराउने योजना बनाउन निर्देशन दिएकी थिइन् । 

 

भारतले सिक्कम विलय गराउनुको कारण कुनै स्रोतका लागि थिएन । चिकेन नेक भएका कारण सिक्कम विलय गराएको थियो  । राजा महेन्द्रले जे गरे गलत गरेका थिए । बिपीले गरेको काम पनि ठीक भएन । पुलवामा आक्रमणमा नेपाल पाकिस्तानको पक्षधर बन्यो । आतंककारीलाई काराबाही हुनुपर्छ भन्ने नेपालले उल्लेख गरेन । हामी दुर्घटनाको नजिक छौं । 
 

अरुण सुवेदी प्रा.डा. शम्भुराम सिंखडा