राष्ट्रपति मनकामना जाँदा दुई घण्टा रोकिए भक्तजन, केस फुलेकाहरूसमेत मन्दिर छिर्न पाएनन्

राष्ट्रपति मनकामना जाँदा दुई घण्टा रोकिए भक्तजन, केस फुलेकाहरूसमेत मन्दिर छिर्न पाएनन्

मनकामना । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार मनकामना आउने कार्यक्रम तय थियो। सुरक्षा निकाय, उच्च पदस्थ, कार्यक्रम आयोजक र स्थानीयलाई उक्त खबरको जानकारी थियो। बिहिवार पुगेका भक्तजनलाई भने जानकारी थिएन, आखिर थाहा हुने कुरा पनि रहेन।

 

राष्ट्रपति आउने भएपछि मन्दिर दर्शन गर्न गएका भक्तजनलाई विद्यालय भएतिरबाट लाईन लगाइएको थियो। सुरक्षा र मन्दिर परिसरमा भएको कार्यक्रमको सहजताका लागि सुरक्षाकर्मी र आयोजकले त्यस्तो ब्यवस्था गरेका थिए। भक्तजनलाई उच्च पदस्त ब्यक्ती आउने कुरा मन्दिरमा दुई घण्टा सम्म लाईन अगाडी नबढेपछि थाहा भयो। राष्ट्रपति भण्डारी पोखराबाट हेलिकोप्टरमा उड्नु अघिदेखि भक्तजनलाई मन्दिर छिर्न रोकिएको थियो।

 

कार्यक्रममा सहभागी हुन आउने मान्छे आउनुभन्दा धेरै समय अघिदेखि रोकिनुपरेको भन्दै लाईनमा कुरेर बसेका भक्तजन आक्रोशित भएका थिए। मन्दिर छिर्नपाउनुपर्छ पूजा गर्न पाउनुपर्छ भन्ने आवाज लाईनमा बस्नेहरुले उठाईरहे। तर त्यो भिँडमा भक्तजनको आवाज सुन्ने कोही थिएन। नजिकै रहेका सुरक्षाकर्मी सुनेनसुने झैँ गरिरहे। केही उपाए नलागेपछि पहिलो पटक मनकामना पुगेका भक्तजन पनि पूजा गर्ने आश मारेर सुरक्षाकर्मीलाई फुल अक्षता दिएर मन खिन्न बनाउँदै फर्किए।

 

काठमाण्डौँबाट मनकामना मन्दिर दर्शन गर्न पहिलो पटक आएकि ७६ वर्षीया कान्छी कार्कीले गुनासो गर्दै भनिन् ‘दुई घण्टा बसेँ, पालो आएन, ममात्रै होईन, एक सय ५० जना ज्येष्ठ नागरिक आएका छौँ, कति समय कुर्नु? ’ पूजा गर्न नपाएपछि फर्कँदै गरेकी उनले भनिन्। उनीजस्तै धेरै भक्तजन निराश हुँदै मन्दिरमा पनि नपुगी बाहिरबाटै फर्किए। कारण थियो बिहिवार राष्ट्रपतिको सवारी मनकामनामा थियो। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो।

मनकामना राष्ट्रपति विद्यादेवी भण्डारी

संम्बधित खबर