समाचार अर्थ शेयर

माथिल्लो त्रिशुली थ्रिबीको प्रधानमन्त्री ओलीले पारे २० कित्ता शेयर, पत्नी राधिकालाई पनि २० कित्तानै

माथिल्लो त्रिशुली थ्रिबीको प्रधानमन्त्री ओलीले पारे २० कित्ता शेयर, पत्नी राधिकालाई पनि २० कित्तानै

 
काठमाडौँ। ’नेपालको पानी जनताको लगानी’ जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनाको आइपिओमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री ओलीलाई त्रिशुली थ्रिबीको २० कित्ता शेयर परेको हो । प्रधानमन्त्री ओलीसँगै उनका पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै शयेर परेको छ ।

 

त्यस्तै ऊर्जामन्त्री वर्षमान पुनलाई २० कित्ता, पूर्वसभामुख ओनसरी घर्तीलाई २० कित्ता र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई समेत २० कित्ता शेयर परेको छ ।

 

शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार ५० हजार २६७ जनालाई जनही ३० कित्ता र एक लाख ५४ हजार ५५९ लाई भने २० कित्ता शेयर परेको छ ।

 

शेयर खरिदका लागि परेको कूल आवेदनहरु मध्य ६७ आवेदन भने रद्द भएको छ । त्रिशूली जलविद्युत् कम्पनीले ३७ लाख पाँच हजार कित्ता शेयर यही चैत ७ देखि ११ गतेसम्म बिक्री गरेको थियो ।
 

प्रधानमन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय,