अर्थ शेयर

नेप्सेमै रिले अनसन, आन्दोलनकारीलाई प्रहरीले पक्रियो

नेप्सेमै रिले अनसन, आन्दोलनकारीलाई प्रहरीले पक्रियो

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आमरण अनशन बसेका आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबारदेखि नेप्स परिसरमा दबाब दिने उद्देश्यले रिले अनसनमा बसेका दबाब समूहका प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई बिहान ११ बजे नेप्से परिसरबाट प्रक्राउ गरिएको हो।

 

प्रहरीले दबाब समूहका संयोजक हरि ढकालसहित १५ जानालाई प्रक्राउ गरेको छ। अहिले उनीहरुलाई प्रहरी वृत अनामनगरमा राखिएको छ।

 

सोमबारदेखि रिले अनसन गरेका उनीहरुलाई प्रहरीले नेप्से परिसरमै जान दिएको थिएन। प्रहरीले हस्तक्षेप गरेपछि उनीहरुले सडकमै नाराबाजी गरेका थिए।

 

उनीहरुले आइतबार नेपाल धितोपत्र बोर्डमा गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको विरोधमा रिले अनसन सुरु गरेका थिए। उनीहरूले नेप्से परिसरमै विरोध जनाउदै कालो बेलुन समेत उडाएका थिए।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)