समाचार

विप्लव समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ

विप्लव समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ

नवलपरासी  । नेत्रविक्रम चन्द 'विप्लव' समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पश्चिम नवलपरासी इञ्चार्ज सुमन ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ। ज्ञवालीलाई सोमबार राति आफ्नै घरबाट पक्राउ गरेको पार्टी स्रोतले जनाकरी दिएको छ।  

 

त्यस्तै सोमबार राति नै पूर्वी नवलपरासीबाट समेत प्रहरीले विप्लव नेकपाका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई पनि प्रहरीले पक्राउ गरेको छ। पछिल्लो समय विप्लव नेकपा समूहले अपराधिक गतिविधि सञ्चालन गरेर आतंकित बनाएको भन्दै सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले धमाधम विप्लव नेकपाका नेता तथा  कार्यकर्ताहरुलाई पक्राउ गरिरहेको छ। 

 

यसअघि काभ्रेबाट हेमन्त प्रकाश ओलीसहित ९ जनालाई पक्राउ गरेको थियो । सरकारले विप्लव नेतृत्वको समूहले देशमा विध्वांसात्मक कार्यक्रम गरेको भन्दै उसका गतिविधि नियन्त्रण गर्ने घोषणा गरेको छ। यता सोमबार पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै प्रतिबन्ध फुकुवा नगरे सरकारमाथि नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

नेत्र विक्रम चन्द विप्लव पक्राउ