राजनीति

प्रधानमन्त्री ओलीको विप्लव समुहलाई सुझाव "हतियार बुझाउ नभए राज्यले तह लगाउछ"

प्रधानमन्त्री ओलीको विप्लव समुहलाई सुझाव "हतियार बुझाउ नभए राज्यले तह लगाउछ"

काठमाडौं। विध्वंसात्मक काममा संलग्न भएको कारण विप्लव समुहमाथि प्रतिवन्ध लगाएको प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जानकारी गराएका छन् ।

 

संघीय संसद प्रतिनिधिसभाको तेस्रो अधिवेशनको समापन बैठकलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुन नदिने, बम पड्काउने, निर्दोष जनता मार्ने गतिविधि रोक्न पटक पटक आग्रह गर्दा पनि नमानेपछि विप्लव समुहका त्यस्ता गतिविधिलाई निषेध गरेको जानकारी दिए । कतै पनि दर्ता र ठेगाना नभएको नेकपा नामको समुहले चन्दाको नाममा लुटपाट गर्ने तथा अपराधिक क्रियाकलाप मात्र गरेको बताउदै उनले लोकतन्त्रमा यस्तो कुनै छुट नहुने बताए ।

 

सम्झाउन खोज्दा माने ठिक नमाने तह लगाउने तरिका राज्यलाई थाहा भएको र राज्यले त्यही गर्ने चेतावनी दिए । तोकिएको समयमा हतियार बुझाएर आत्मसमर्पण गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले हतियार नबुझाए राज्य कडा रुपमा प्रस्तुत हुने बताए । दुई तिहाईको वर्तमान सरकारले राज्यमा केही गलत हुन नदिने स्पष्ट पारे । कसैले अशान्तिको कल्पना नगरे हुन्छ । उनले भने, "मुलुक विकासको काम हिडेको छ । त्यसमा बाधा पुग्न दिदैनौँ ।"

केपी शर्मा ओली