भिडियो कभर स्टोरी

पश्चिमाहरुको चक्रव्युहमा ‘प्रचण्ड’, नेपाल नरहने चिन्ता (भिडियोसहित)

पश्चिमाहरुको चक्रव्युहमा ‘प्रचण्ड’, नेपाल नरहने चिन्ता (भिडियोसहित)

भेनेजुएला प्रकरणमा अमेरिकाबिरुद्ध वक्तव्य जारी गर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारको बाहनामा अध्यक्ष दाहाल अमेरिका जान लागेका हुन् । 


राजनीतिक विश्लेषक भरत दाहालका अनुसार अमेरिकाले दाहाललाई आफनो रणनीतिबारे ‘कोच’ दिन अमेरिका बोलाएको हो । यसअघि भेनेजुएला प्रकरणमा अमेरिकाकै निर्देशनमा प्रचण्डले वक्तव्य जारी गरेको कुरा अहिले आएर पुष्टि भएको उनी बताउँछन् । 
‘अमेरिकालाई साम्राज्यवादी भन्दै आएका प्रचण्ड के अहिले पनि सोही अडान राख्छन् ? अमेरिकाबाहेकका देशमा सीताको उपचार हुँदैन ?’ दाहालको प्रश्न छ । 

 


सीके राउतमार्फत खतरनाक खेल

 


सरकारले हालै सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठवन्धनसंग गरेको ११ बुँदे सम्झौता पश्चिमाहरुकै डिजाइनमा भएको दाहालको तर्क छ । राउतमार्फत मधेशका जिल्ला मात्र होइन भारतको बिहारलाई समेत अस्तव्यस्त बनाउने दाउमा पश्चिमा शक्ति लागेको उनको दाबी छ । 
दाहाल भन्छन्, ‘पश्चिमा शक्तिहरुको कब्जामा सरकार परिसकेको र त्यसमा मुख्यतः प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड प्रयोग भैरहेका छन् । ’

 


प्रचण्ड र ओलीले आफैलाई मार्ने हल्ला फिंजाए

 


अहिले प्रधानमन्त्री ओली र प्रचण्डलाई बिप्लव समूहले मार्न खोजेको हल्ला सरकारले नियोजितरुपमा फिंजाएको हो । भित्रभित्रै खतरनाक राष्ट्रघाती काम भैरहेकाले त्यसबाट जनताको ध्यान अन्यत्र मोड्न यस्ता फण्डाहरु उनीहरुले मच्चाइरहेका छन् । 

 


प्रधानमन्त्री ओली र प्रचण्डबीचमै पनि अन्तर संघर्ष चलिरहेकाले ओलीले नियोजितरुपमा प्रचण्डलाई घेराबन्दीमा राख्न पनि यस्तो डिजाइन रचेका हुन सक्छन् । प्रचण्ड आफै रक्तपातको इतिहास बोकेका मान्छे भएकाले त्यो भयबाट सधैं त्रसित भएको परिणामका रुपमा पनि यो आएको हुनसक्ने दाहालको विश्लेषण छ । 

 


१६ बर्षपछि नेपाल नरहने चिन्ता

 


संसदमा प्रस्तुत नागरिकता बिधेयक यदि पारित हुने हो भने १६ बर्षपछि नेपालमा खास नेपाली रहने छैनन् । यो बिधेयकमा बिदेशी नागरिकहरुलाई नेपाली नागरिकता दिने प्रावधान एकदम खुकुलो राखिएकाले बिदेशीले मात्रै नागरिकता पाउने छन् । 

 


दाहाल भन्छन्, ‘यो सरासर बिदेशीलाई नागरिकता दिने योजना अन्तर्गत ल्याइएको बिधेयक हो । यो बिधेयक पास भए तिब्बती, रोहिंग्या, भारतीय लगायत थुप्रैले सहजरुपमा नागरिकता पाउनेछन् । उनीहरुका सन्तानले बंशजको आधारमा नागरिकता लिनेछन् । त्यसपछि उनीहरु नै राज्यका प्रमुख अंगमा पुग्नेछन् । अनि, चीनलाई सिध्याउन लाग्नेछन् । ’ 

 


‘नेपालीहरु सबै बिदेशमा रोजगारीका लागि भौंतारिनेछन् । यो नेपालीलाई देशबाट खाली गराएर बिदेशीलाई भर्ती गर्ने षडयन्त्र हो । यो बिधेयक पारित गराउन संसदमा, संसदीय समितिमा, अधिकारकर्मीका नाममा जताततै बिदेशी दलाल र चरित्रहीनहरु सक्रिय छन् । यही अनुसार भए, १६ बर्षपछि बिदेशमा रहेको नेपालीलाई आफनै देश फर्किन समस्या हुन्छ । उनीहरुले यीनै बिदेशीबाट अनुमति लिनुपर्ने हुन्छ । ’

 


अब सेनाले भूमिका खेल्नुपर्छ

 


राजनीतिक दलहरुले देशको लागि नभई बिदेशीहरुका लागि मात्र काम गरेपछि अब निकासका लागि सेनाले भूमिका खेल्नुपर्ने स्थिति आएको छ । यसका लागि १२ बुँदे समझदारीमा संलग्न नभएका राजनीतिक शक्तिहरु र  बिभिन्न दल भित्र रहेका राष्ट्रप्रेमी नेताहरुबीच मोर्चाबन्दी आवश्यक छ । 
‘अहिलेका दल र तीनका नेताहरुप्रति जनसमर्थन नभएकाले नयाँ शक्तिले मुलुकको भविश्य कोर्नेमा म आशावादी छु । ’ दाहाल भन्छन् ।