मुख्य समाचार

गम्भीर घाइते सांसद ओलीको भेन्टिलेटरमा उपचार हुँदै

गम्भीर घाइते सांसद ओलीको भेन्टिलेटरमा उपचार हुँदै

दाङ । बस दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश ५ का प्रदेश सांसद उत्तरकुमार ओलीको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । बिहीबार साँझ तुलसीपुरबाट वीरगञ्जका लागि छुुटेकोे ना ५ ख ५५२९ नम्बरको बस र बुटवलबाट घोराही जाँदै गरेको बा १८ च ६८३६ नम्बरको कार लमही–घोराही सडकखण्डमा ठोक्किएर सांसद ओलीसहित १३ जना घाइते भएका थिए ।

 

दुर्घटनामा परेर एक महिलाको ज्यान गएको थियो । ओलीलाई शिक्षण अस्पताल कोहलपुरमा रातिदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ । डा. सञ्जिवकुमार झासहितको चिकित्सक टोलीले सांसद ओलीको उपचार गरिरहेको छ ।   उनी दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका थिए । 

बस दुर्घटना दाङ उत्तरकुमार ओली